शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुरोट खानेलाई कोरोना भाइरसको जोखिम अत्यधिक

आइतबार, १६ चैत २०७६, १४ : ०४
आइतबार, १६ चैत २०७६

विश्व स्वास्थ्य संगठनले ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम रहेको भन्दै सजग गराएको छ । 

विज्ञहरुका अनुसार धुम्रपानका दौरान हातलाई  चुरोटसँगै मुखमा जोड्दा संक्रमण फैलने सम्भावना धेरै रहन्छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहन्छ । त्यस्तै, धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर बनाउँछ । 

चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् । 

कोभिड–१९ को संक्रमण भेटिएका अधिकांश चिनियाँ बिरामीमा निमोनिया देखिएको थियो, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्ने व्यक्तिमा निमोनिया हुने जोखिम १४ गुणा बढी रहने तथ्याङ्कले देखाएको छ । 

फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ, यसले मृत्युको मुखमा धकेल्नसक्छ । त्यस्तै, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्नेमा इन्फ्लुयन्जाको खतरा पनि दोब्बर हुन्छ । 

क्षयरोगका हकमा  धुम्रपान सेवन गर्नेहरु नगर्नेको तुलनामा संक्रमित हुने जोखिम दोब्बर रहन्छ र धुम्रपान गर्नेको मृत्युदर नगर्नेको तुलनामा चारगुणा बढी छ । 

-एजेन्सीको सहयोगमा रातोपाटीले उत्पादन गरेको सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप