शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि प्रदेश ५ सरकारद्वारा १० करोडको कोष स्थापना

आइतबार, १६ चैत २०७६, १३ : ४२
आइतबार, १६ चैत २०७६

बुटवल ।  प्रदेश ५ को सरकारले कोरोना भाईरसको संक्रमण  नियन्त्रण तथा उपचारको लागि  १० करोड रुपैयाँको कोष खडा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले  प्रदेश सरकारबाट १० करोडको कोष स्थापना गरि राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खाता सञ्चालनमा ल्याइएको जनाएको छ ।

प्रदेश सचिव भरतमणि सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उक्त खातामा  आम नागरिकले सहयोग रकम जम्मा गर्न अपिल गरिएको छ । सहयोग गर्न चाहने महानुभाव र संघ संस्थाहरुले कोरोनो भाइरस( कोभिड–१९) तथा नियन्त्रण  तथा उपचार कोष, खाता नम्वर ३१२०५०३०००३०१ उपलब्ध गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप