बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘५० लाखका सुपरस्टार अनमोल केसीलगायत अहिले कुन दुलोमा छन् ?'

आइतबार, १६ चैत २०७६, १२ : ३८
आइतबार, १६ चैत २०७६

फिल्म ‘चपली हाइट ३’ निर्माता अर्जुन कुमारले कोरोना भाइरस रोकथामका लागि खडा गरिएको कोषमा ५० हजार रुपैया दिने घोषणा गरेका छन् । सरकारको पछिल्लो तत्परतालाई ध्यानमा राखेर उनले सो रकम सहयोग गर्न लागेका हुन् ।

निर्माता अर्जुनकुमारले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यले भरिएको एक स्टाटस पोष्ट गर्दै सरकारलाई समेत रकम सहयोगको घोषणा गरेका हुन् । 

‘एउटा फिल्म अभिनय र निर्देशनको ५० लाख लिन्छु भन्ने सुपरस्टार र निर्देशक अहिले कुन दुलोमा छन् । खोजेर डोनेसन दिन लगाउनु पर्यो’ उनले अगाडि लेखेका छन् ‘ हावामा बोलेका हुन् वा सही भनेका हुन् । यस्तो बेला खोजेर सदुपयोग गर्नुपर्यो ।’

निर्माता अर्जुनको यो व्यङ्ग्य अभिनेता अनमोल केसी र प्रदीप खड्का तथा निर्देशक रामबाबु गुरुङ प्रति लक्षित छ । यी अभिनेता र निर्देशकले नै एक फिल्मका लागि आफूले ५० लाखसम्म पारिश्रमिक लिने गरेको मिडियामा हल्ला पिटाउने गरेका छन् ।

निर्माता अर्जुनले कोरोनाबाट सबैलाई सजक रहन समेत अनुरोध गरेका छन् । ‘बेलायतको राजपरिवारलाई समेत कोरोनाले छोडेन । त्यसैले सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु’ उनको स्टाटसमा उल्लेख छ ।

अर्जुनले निर्माण गरेको पछिल्लो फिल्म ‘चपली हाइट ३’ अहिले प्रदर्शनको तयारीमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप