नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जना पक्राउ
आइतबार, १६ चैत २०७६, १२ : २३
पर्वत । कुश्मा नगरपालिका-८ परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ३१ वर्षीय दिनेश थापा मगर, ३७ वर्षिय राजु थापा मगर, २९ वर्षीय विष्णु थापा मगर, २१ वर्षीय समिर क्षेत्री, ३६ वर्षीय दुर्गा पौडेल र ३८ वर्षीय मिसन पौडेल रहेका छन् ।
उनीहरुलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनहरु सहित जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान