केन्द्रीय संस्करण

रुकुमपूर्वमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

रुकुम । रुकुमपूर्वका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् ।  पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिका भित्रका सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधि र कोरोना जोखिम रोकथामका लागि गठित वडास्तरीय समन्वय समिति र गाउँपालिकस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।

कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि पछिल्लो एक महिनामा विदेशबाट फर्किएकाहरुको विवरण सङ्कलन गर्न लागिएको अधिकृत श्रेष्ठले बताए । विवरण सङ्कलनका क्रममा कुन ठाउँबाट फर्किएका हुन्, फर्किएको माध्यम, मिति र अन्य जानकारीसहित राख्ने गरिएको छ । विदेशबाट फर्किएकाको मात्र नभई अन्य जिल्लाबाट गाउँपालिकामा प्रवेश गरेकाहरुको पनि विवरण सङ्कलन भइरहेको गउँपालिकाले जनाएको छ । 
यसैगरी जिल्लाको सिस्ने गाउँपालिकाले पनि विदेशबाट आएकाहरुको विवरण संकलन गरिरहेको छ । गाउँपालिकाले पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई चैत महिनाको १ गतेभन्दा पछाडि आएकाहरुको विवरण सङ्कलन गर्न जिम्मा दिएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताए ।

विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, क्वारेन्टाइन र होम क्वारेनटाइनमा बस्न भनिएको छ । विदेशबाट आएर कोही लुकिछीपी गाउँघरमा बसिरहेको थाहा पाएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.