सिरहामा विपन्नलाई खाद्यान्न वितरण
सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ कमिटीले वडाका विपन्न, दलित तथा गरिवहरु परिवारलाई राहत सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण दैनिक ज्याला मजदुरी गरिखानेहरु लकडाउनको समयमा कामबाट मञ्चित भएकाले राहतको रुपमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
वडामा रहेका करिव ३ सय पचास भन्दा बढी दलित, गरिव परिवारलाई ५ केजी चामल, दाल, नुन, हातधुन सावुन र परिवार संख्याको आधारमा मास्क वितरवण गरेको स्थानीय नेता जीवन यादवले जानकारी दिए ।
यस्तै नगरपालिले नगरपालिकाका १२ वडाका पाँच सय भन्दाबढी घर परिवारलाई राहत वितरण गरिसकेको पनि मेयर श्रवण यादवले जनाए ।
प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो आलु, २ किलो चुरा, भुजा, आधा लिटर खाने तेल, १ किलो नुन, साबुन र परवार संख्याको आधारमा मास्क वितरण गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा