शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना प्रभावितलाई विशेष राहत घोषणा गर्ने सरकारको तयारी, लकडाउनबारे पनि छलफल हुने

उच्चस्तरीय समितिको बैठकलगत्तै मन्त्रिपरिषद बैठक बस्दै
आइतबार, १६ चैत २०७६, ११ : २२
आइतबार, १६ चैत २०७६

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।

आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबारे छलफलपछि निर्णय लिने तयारी भएको समिति सदस्य तथा पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले रातोपाटीलाई जानकारी दिए ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको छ । बैठकमा विभिन्न उपसमितिमार्फत सरकारले कोरोना संक्रमणविरुद्ध गरेका कामकारवाहीबारे विश्लेषण गर्नुका साथै थप निर्णयहरु लिनेछ । ‘आजको बैठकमा खासगरी कोरोनाविरुद्धका अभियान कसरी प्रभावकारी बनाउने र प्रभावितहरुलाई राहत कसरी प्रदान गर्ने भन्नेमा केन्द्रीत हुन्छ’, ‘क्वारेन्टाइन निर्माण उपसमितिका संयोजक समेत रहेका भट्टराईले भने, आर्थिक प्याकेजबारे अर्थमन्त्रालयले तयार पारेका योजनामा केन्द्रीत रहेर छलफलपछि निर्णय गरिन्छ ।’

उच्च स्रोतका अनुसार बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहत तथा कोरोना प्रभावित देशमा रहेका नेपालीहरुलाई स्सवदेश ल्याउने लगायतका विषयमा निर्णय गर्ने तयारी भैरहेको छ । कतिपय निर्णयहरु उच्चस्तरीय समितिको सिफारिसमा मन्त्रिपरिषदबाट अनुमोदन गर्नुपर्ने भएकाले क्याविनेट बैठक अगाडि समन्वय समितिको बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठक अपरान्ह चार बजेलाई बोलाइएको छ ।

त्यस्तै उच्चस्तरीय समितिको आजको बैठकले लकडाउन थप एक साता थप्ने विषयमा समेत निर्णय लिने तयारी गरेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमित ५ जना फेलापरेका मध्य १ जनाको उपचार भइ घर फर्किसकेका छन् भने ४ जनाको उपचार जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप