शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल राहतका कार्यक्रम घोषणा गरी कार्यान्वयनमा ल्याउन प्रदीप पौडेलको जोड

आइतबार, १६ चैत २०७६, ११ : १३
आइतबार, १६ चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरस (कोभिड १९) र लकडाउनबाट उत्पन्न बिषम परिस्थितिमा तत्काल राहतका कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले न्यून आय भएका  गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरि कार्यान्वयनमा ल्याउन सुझाव दिए । 

उनले भने, 'व्यवसायीहरूमार्फत नै दैनिक उपभोग्य वस्तुको सहज र सुपथ मुल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस र भ्रष्टाचार, कालोबजारी साथै कृतिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याइयोस् ।'

कोभिड १९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशील हुन सुझाव दिए । उनले भने, 'तत्काल परिक्षणको क्षमता बृद्धि गर्न आबश्यक ब्यबस्था गरियोस,सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस, स्वास्थ्यकर्मिलाई आबश्यक सुरक्षा उपकरण ,परिक्षण उपकरण,स्वास्थ विमा उपलब्ध गराइयोस ।'


स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गर्न उनको माग छ । यस्तै नेता पौडेलले यस समयमा खटिने अत्यावश्यक सेवाका कर्मचारी, सुरक्षा निकाय लगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ विमा गरि काम गर्न अझ प्रोत्साहन गनुपर्नेमा जोड दिए ।
 
नेपाल राष्ट्र बैंकले ब्याज दर कटौती गर्दै ऋणको सावाँ तथा  ब्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुपर्ने उनले बताए । नागरिकलाई बैंकिङ्ग, वीमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निशुल्क हुने व्यवस्था तत्काल मिलाउन पौडेलको सुझाव छ । 


व्यवसायिले चैत मसान्तसम्म बुझाउनु पर्ने अनुमानित आयको ७० प्रतिशत कर तथा सोको विवरण बुझाउने समय २०७७ असार मसान्तसम्म कायम गर्न पनि उनले जोड दिए । नेता पौडेलले भारतले लकडाउनबाट प्रभावित नागरिक र व्यवसायलाई मद्दत गर्न घोषणा गरेको राहत प्याकेजबारे सरकारलाई स्मण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप