आयल निगमले भन्यो, ‘भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिहाल्नु’
काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास भए बेचिहाल्न निर्देशन दिएको छ । निगमले ग्यास बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन दिएको हो ।
दिउँसो १ बजेदेखि बजारमा आधा सिलिन्डर ग्यासको मात्रै कारोबार हुने भन्दै निगमले त्यसपछि बिक्रेतासँग भरी सिलिन्डर ग्यास पाइएका प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
साथै बिक्रेता वा डिस्टिब्युटर्सले आफूसँग भएको ग्यासको विवरण, सुरुवाती मौज्दात लगायतका विवरणहरु समेत सबैले देखिनेगरी टाँस्न निर्देशन दिएको छ ।
उद्योगहरुले पनि अब अर्को व्यवस्था नभएसम्मका लागि एउटा उद्योगको सिलिन्डरमा अर्को उद्योगले समेत ग्यास भर्न समेत निगमले खुला गरिदिएको छ ।
यसअघि १४.२ किलोग्राम प्रतिसिलिन्डर हुँदै आएको ग्यास अब ७.१ किलोग्रामको हुनेछ । उक्त ग्यासको मूल्य आधा नै तोकिएको छ । अब, आधा सिलिन्डर ग्यासको मूल्य काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसामा पर्छ । पूर्वी तराईमा ६ सय ७७ रुपैंया ५० पैसा पर्छ भने पश्चिम तराईका जिल्लाहरुमा ६ सय ७० रुपैंया पर्छ ।
पहाडी जिल्लाहरुका हकमा के गर्ने भन्ने सम्बन्धमा भने निगमले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार