शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईलाई अर्गानिक तरकारी चाहिएको छ ? अब उपत्यकाका यी ठाउँमा हुन्छ माटो ब्राण्डको भ्यान

शनिबार, १५ चैत २०७६, २३ : ५५
शनिबार, १५ चैत २०७६

ललितपुर– प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ को भ्यानले अब काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अर्गानिक फलफूल र तरकारी उपलव्ध गराउने भएको छ ।

‘आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ’ भन्ने नारासहित बजारमा आएको उक्त ब्राण्डको भ्यान अब तरकारी र फलफुल लिएर काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य चोकमा उपलव्ध हुने भएको हो ।

फलफूल र तरकारीसहितको माटो ब्राण्डको भ्यान अब काठमाडौंको ज्ञानेश्वर, नक्साल, केएमसी नजिक सिनामंगल र सोल्टीमोडमा उपलव्ध हुनेछ भने ललितपुरको बालकुमारी, झम्सिखेल र लगनखेलमा उपलव्ध हुनेछ ।

त्यस्तै भक्तपुरको चुनदेवीमा पनि माटो ब्राण्डको भ्यानले ग्राहकहरुका लागि अर्गानिक तरकारी र फलफूल उपलव्ध गराउने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप