शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई ‘अधम’ संज्ञा दिँदै बाबुरामले भने : खबरदार !

शनिबार, १५ चैत २०७६, २२ : ०५
शनिबार, १५ चैत २०७६

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई ‘अधम’ संज्ञा दिएका छन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले आफ्नो ट्वीटर ह्यान्डल ‘नियमित हात धोऔँ’ राखेका डा भट्टराईले शनिबार राति ट्वीट गर्दै सरकारलाई ‘अधम’ संज्ञा दिएका हुन् ।

मानिसलाई तीन श्रेणीमा विभाजन गर्दै उनले लेखेका छन्, ‘उत्तम मान्छेले आफैँले जानेर गर्छ । मध्यमले अरुले भनेको मानेर गर्छ रे । अधमले आफू पनि जान्दैन, अरुले भनेको पनि मान्दैन ।’
ट्वीट गर्दै उनले भनेका छन्, ‘दिनहुँ ज्याला मजदूरी नगरे साँझबिहान हातमुख जोर्न नसक्ने लाखौँ मान्छेलाई लकडाउनको बेला राहत दिनुप¥यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो ? खबरदार !’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप