शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यवसायी रिजालाद्वारा ५ सय थान मास्क वितरण

शनिबार, १५ चैत २०७६, २१ : ५४
शनिबार, १५ चैत २०७६

चितवन । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुपमा लिइरहदा नेपाल पनि यसबाट अछुतो छैन् । पछिल्लो पटक नेपालमा पनि ५ जना यो रोगका संक्रमित बिरामी फेला परेका छन् । 

यसको संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाउदै देशव्यापी लकडाउन गरेको छ । यसको संक्रमण फैलन नदिन सरकारसँगै सबैले आ–आफ्नो तर्फबाट हातेमालो गर्दै अगाडि बढ्नुछ ।

 यसमा हातेमालो गर्दै चितवनको माडी १  निवासी हाल भरतपुरमा व्यवसाय गर्ने युवा प्रकास रिजालले ५ सय थान मास्क वितरण गरेका छन् । 

उनले माडी ९ स्थित अति दुर्गमस्थान बाँदरझुलाका विपन्न वर्गलाई लक्षित गर्दै रोगको संक्रमण फैलन नदिन सो संख्यामा मास्क वितरण गरेका हुन् ।

रिजालले उक्त मास्क वितरणका लागि नेपाल कम्युनिष्ट पार्टी माडी नगर कमिटिका अध्यक्ष प्रभु महतोलाई हस्तान्तरण गर्दै वितरण गरिदिन आग्रह गरेका छन् ।
 
माडीको बाँदरझुला भारतसंगको सिमा नजिकै रहेकाले अति जोखिममा रहेको भन्दै मास्क वितरण गर्न यही स्थान राजेको उनले बताए । 

सरकारको आग्रहसंग आफ्नो स्वास्थ्यसंग जोडिएको विषय भएकाले सबैले सतर्कता अपनाउन समेत उनले आग्रह गरेका छन् । 

रिजालले सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफनो निजि निवासलाई आवश्यक परे क्वारेन्टाईनको लागि पनि प्रयोग गर्न दिने बताए । 

माडी नगरपालिकामा कोरोना विपत्तीबाट लड्न सक्ने जति सहयोग समेत गर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप