सरकारी निर्णयको पूर्ण पालना गर्न अनुरोध
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले प्रदेशवासीलाई पूर्णरुपमा सरकारी निर्णयको पालना गर्न अनुरोध गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले गरेको ‘लकडाउन’ को पालना गर्न सम्पूर्ण प्रदेशवासीमा अनुरोध गरिएको नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता डा।रणबहादुर रावलद्धारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस संवेदनशिल घडीमा सबैले सुरक्षित रहन सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन सम्पूर्ण राजनीतिक दल, स्थानीय प्रशासन र राष्ट्रसेवक, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, व्यापारीलगायतका सामाजिक संघसंस्थासँग हार्दिक अपिल गरिएको छ ।
साथै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल बिशेष राहत प्याकेज, न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा, शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढङ्गले राहत पुग्ने गरेर योजना र कार्यक्रम तत्काल निर्माण गर्न प्रदेश सरकारसँग विज्ञप्तिमा माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा