शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा कोरोना आशंका गरिएका  २३ जनाको रिपोर्ट नेगेटिभ

शनिबार, १५ चैत २०७६, २० : ४९
शनिबार, १५ चैत २०७६

प्रदेश ५ मा कोरोना भाइरसको आशंका गरिएका ५२ बिरामीमध्ये ३६ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा नेगेटिभ देखिएको छ । 

अन्य १३ जनाको रिपोर्ट आउन बाँकी छ । आशंका गरिएकामध्ये २९ जनालाई आइसोलेसनमा राखिएको छ । प्रदेशमा स्थापना गरिएका बिभिन्न अस्पतालमा उपचार गर्दे उनीहरुको नुमना काठमाडौं पाएको छ ।

पाँच नम्बर प्रदेशका तराई जिल्लाहरु भारतसगँ जोडिएका कारण सुुरुमा जोखिम मानिए पनि अझैसम्म त्यस प्रकारको खतरा नभेटिएको प्रदेश स्वास्थ्य निर्देशन डा। विनोद कुमार गिरीले रातोापाटीलाई बताए । उनले तर बिषेश सचेत भएर काम गरिरहेको बताए ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीका अनुसार बुटवल धागो कारखानामा ६, बाँकेको अर्वुद रोग अस्पतालमा १०, दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा पाँच, दाङकै बेलझुन्डीमा दुई, बर्दिया अस्पतालमा एक र तौलिहवा अस्पतालमा तीन जना बिरामी आइसोलेसनमा राखिएको बताए ।

प्रदेशमा कोभिड–१९ आशंका गरिएका बिरामीको नमुना लिन सक्ने स्वास्थ्यकर्मी १७ जना मात्र छन् । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० ९० थान शुक्रबार थपिएको छ ।

ुप्रदेशमा ५० वटा मात्रै रहेकामा संघीय सरकारले थप पीपीई उपलब्ध गराएको हो । सैनामैना लगायतका स्थानमा समेत पीपीई बनाइँदै छ,ु डा। चौधरीले भने, 'अब सहज होला । स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रदेश सरकारले उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता व्यवस्था गरेको छ।'

सामाजिक विका मन्त्रीसुदर्शन बरालले स्वास्थ्यकर्मीको सुरक्षा र सुविधामा सम्झौता नगर्ने पटक पटक दावी गरेका छन् । भने प्रदेश सरकारले मन्त्रीहरु समन्यन गर्नको लागी छुटा छुटै अस्पताल नै तोक्ने निणर्य गरेको थियो ।

रिपोर्ट ढिला हुदाँ आफन्त आक्रोशित

प्रदेशमा कोभिड–१९ आशंका गरिएका बिरामीको नमुना अहिलेसम्म काठमाडौ  पठाउनुपर्ने बाध्यता छ ।

जसको मारका प्रदेशका विरामीहरु परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको आंशकामा हालसम्म आइसोलेसनमा राखेर उपचार बिरामी आफन्तहरु रिपोर्ट आउन ढिलो भन्दै गाली गर्न थालेपछि  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा। संगीता भण्डारी आइसोलेसनका भर्ना भएका विरामिको आफै स्वाब लिएर काठमाडौं पुगेकी थिएन् । 

जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का व्यक्तिको नमुना संकलन गरि उनी एकाविहानै काठमान्डौं हिडेका थिएन उनीहरु दुवै जनाको रिर्पोट नेभेटिभ आयो । 

बुटवलमा रहेको रहेका विरामीहरुका आफन्तहरुले ढिला गरेको भन्दै आर्कोष पोख्ने गरेका छन्  । 

बेला बेलामा  एम्वुलेस चालक पनि गरे यस्तो रिर्पोट गरेर लैजान नमान्ने समास्या छ । बुटवलको कोरोना अस्पताला अलिहेसम्म १९ जना विरामी राखीएको छ। 

जससमा धेरैको रिपोर्ट आएको छ । रिर्पोट नेगेभिट आएकाहरुलाई  घर पठाउने या अन्य अस्पता समान्य उपचार गर्ने गरिन्छ ।

अस्पताल फोनल पर्सन डा। सुर्दशन थापाले रातोपाटीसगँ भने, 'यातायत कारण रिर्पोट पठाउन ढिलो भएको छ । हिजो एक खेप पठाएका छौ । अव भोलि मन्त्रालय सहकायमा गाडीमा पठाउने तयारी छौ ।'

हवाई सेवा बन्द भएकाले अस्पतालहरूले एम्बुलेन्समार्फत स्वाबको नमुना काठमाडौं पठाइरहेका छन् । जसले गर्दा परीक्षणको नतिजा आउन ढिला भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप