शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको पुणेमा २ सय नेपाली अलपत्र, भन्छन्, ‘यहाँ कुनदिन मर्ने हो थाहा छैन’

शनिबार, १५ चैत २०७६, २० : ४४
शनिबार, १५ चैत २०७६

लकडाउनका कारण भारतको महाराष्ट्र प्रान्तमा पर्ने पुणेमा करिब २ सय नेपाली अलपत्र परेका छन् । 

पुणेका विभिन्न फ्याक्ट्री, होटल, सेक्युरिटी गार्ड आदिमा काम गर्ने प्यूठान, दाङ, कैलाली, डडेलधुरा, चितवन लगायत जिल्लाका करिब २  नेपाली अलपत्र परेको पुणेमा रहेका भरत जिसीले रातोपाटीलाई बताएका छन् । 
भारतले लकडाउन गरेपछि खान र बस्न पनि समस्या परेको उनीहरुले गुनासो गरेका छन् । 

प्युठान घर भइ हाल महाराष्ट्रको पुणेमा काम गरिरहेका भरत जिसीका अनुसार अहिले पुणेमा करिब २ सय नेपाली अलपत्र परेका छन् । नेपालीहरु एउटै कोठामा १६ जनासम्म कोचिएर बस्नु परेको तथा होटलको सटरभित्र तातो हावा खाएर बस्न बाध्य भएको उनले गुनासो गरेका छन् । 

जिसीले रातोपाटीसँग भने, ‘हामी पहिले पुणेमा करिब २ सय जना नेपाली नागरिकहरु अलपत्र परेका छौँ । हामीहरु मध्ये अधिकांश होटलमा काम गर्ने मजदुरहरु हौँ । केही फ्याक्ट्रीमा काम गर्ने र केही सेक्युरिटी गार्डको काम गर्नेहरु पनि छन् । लकडाउन भएपछि हामीले राम्ररी सुत्न र खान पनि पाएका छैनौं । हामी धेरै समस्यामा छौँ, सरकारले उद्धार गरिदिनुपर्यो ।’

लकडाउन भएपछि फ्याक्ट्रीमा काम गर्नेहरुका लागि एक साताका लागि रासन (दाल, चामल) दिएको भएपछि एक साता पूरा हुन लागेकाले अब के खाने भन्ने चिन्ता बढेको उनले बताए । होटलमा काम गर्ने मजदुरहरुलाई पनि साहुले एक साताका लागि मात्रै दाल, चामल र ग्याँस दिएको भन्दै अब के गर्ने भन्ने समस्यामा परेको उनले बताए । 

आफूहरु आगामी दिनमा झनै समस्यामा पर्ने भन्दै आफूहरु आफ्नै खर्चमा नेपाल आउन तयार भएकाले नेपाल फर्कने वातावरण मिलाइदिन नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । 

जिसीले भने, ‘यहीँ बस्दा कुनदिन मर्ने हो थाहा छैन । त्यसैले हामी आफै खर्च गरेर नेपाल फर्कन तयार छौँ । तर त्यसका लागि भारत सरकारसँग कुरा गरेर नेपाल सरकारले वातावरण मिलाइ दिनुपर्यो । हामी नेपाल गएर १४ दिन कसैलाई पनि नभेटी क्वारेन्टाइनमा बस्न पनि तयार नै छौँ । सरकारले हामीलाई यहाँबाट उद्धार गरिदिनुपर्यो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप