बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लायन्स क्लबद्वारा पीपीई र सेनिटाइजर वितरण

शनिबार, १५ चैत २०७६, २० : २०
शनिबार, १५ चैत २०७६

लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रीक ३२५ बी २ नेपाल ले शनिबार पीपीर्ई र सेनिटाइजर जस्तो अत्यावश्यक सामग्री बितरण गरेको छ ।

द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टको संयोजकत्वमा चितवन र नवलपुर क्षेत्रका बिभिन्न सामुदायिक अस्पताल , बकुलहर रत्ननगर अस्पताल टाँडी, गुञ्जमान अस्पताल पिठुवा, अस्थायी कोरोना अस्पताल, रत्ननगर , कालिका स्वास्थ्य चौकी , ईच्छाकामना स्वास्थ्य चौकी र कावासोती अस्पतालमा नगर प्रमुखहरु को उपस्थितिमा उक्त सामग्री बितरण गरिएको थियो । 

उक्त संस्थाले तत्कालको आवस्यकतालाई मध्यनजर गर्दै सरकारले तोकेको कोरना हस्पिटललाई लक्षित गर्दै आज ५०० वटा पीपीईर एक हजार लिटर सेनिटाइजर बितरण गरिएको गर्भनर लायन अनुप पहारीले जानकारी गराए ।

 केही दिन अगाडि यस अभियानका संयोजक लायन भट्टद्वारा भरतपुरको कोरोना बिशेश अस्पतालको संयोजक एवम् भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाललाई ५० थान पीपीई र ५० लिटर सेनिटाईजर समेत हस्तान्तरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप