बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

शनिबार, १५ चैत २०७६, १९ : २४
शनिबार, १५ चैत २०७६

बुटवल । खोलामा माछा मार्न जाँदा करेन्ट लागेर रुपन्देहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको बिहार राज्य लौडगंगा राँची निवासी ३० बर्षीय संजय मौर्यको करेन्ट लागेर मृत्यु भएको हो । उनले न्यु हीरा ईटा कारखानामा काम  गर्ने गरेका थिए ।

मृतक मौर्यको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खडग बहादुर खत्रीले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप