कैलालीका एक युवामा कोरोना संक्रमण भेटिएपछि काँग्रेसको आह्वान–घरभित्रै बसौं
कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको संसदीय दलले कोरोना भाइरस फैलन नदिन आम नागरिकले उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिएको छ ।
विश्वभर माहामारीको रुपमा फैलिएको भाइरससँग जुध्न सतर्कता नअपनाइए ठूलो मानवीय क्षति निम्तने खतरा रहेकाले लकडाउनलाई पूर्ण पालना गरेर घरभित्रै बस्न पनि संसदीय दलले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
संसदीय दलका नेता डा रणवहादुर रावलले जारी गरेको उक्त विज्ञप्तिमा भाइरससँग लड्न स्थानीय प्रशासन, राजनीतिक दल, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, व्यापारी, सामाजिक संघसंस्थालगायतबीच आवश्यक समन्वयमा पनि जोड दिइएको छ ।
विज्ञप्तिमा सुदूरपश्चिमको कैलालीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको अवस्थामा थप सतर्कता अनाउन जोड दिइएको छ । यस्तै आवश्यक स्वास्थ्य उपकरण र उपचारको प्रभावकारी व्यवस्था गर्न पनि काँग्रेसले सरकारलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न