लकडाउनका कारण ४८ नेपाली भारतमा अलपत्र
कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् ।
तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिनुभयो । उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
२१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै कठिनाइ भइरहेको उनीहरुले बताएका छन् । उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन ।
नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल