शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकताबद्ध भएर वर्तमान संकट समाधानमा जोड

शनिबार, १५ चैत २०७६, १९ : ०३
शनिबार, १५ चैत २०७६

हस्पिटेक इन्टरप्राइजेज प्रालिका विशाल पण्डितले स्वास्थ्य उपकरण खरिदमा बाहिर समाचारमा आएजस्तै कुनैपनि सम्झौता नभएको स्पष्ट पारेको छ । 

केही सञ्चारमाध्यममा उपकरण खरिद गर्न नीतिगत भ्रष्टाचार हुन लागेको आशयसहितको समाचार आएपछि पण्डितले एक विज्ञप्तिमार्फत समाचारमा मेल खानेगरी स्वास्थ्य मन्त्रालय तथा मातहतको निकायसँग कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका हुन् । 

कोरोना भाइरसबाट सिर्जित संकटको यो घडीमा सिंगो देशका नागरिक जीवन कसरी सुरक्षित राख्ने भन्ने विषयमा चिन्तित रहेको अवस्थामा सबै नागरिक एकताबद्ध भएर  जुट्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विपदको घडीमा राज्यले मलाई के दियो होइन, राज्यलाई मैले के दिने भन्ने तर्फ सोच्नु  आवश्यकता छ । यो विपतलाई सामना गर्न आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ योगदान गर्नुपर्ने दायित्व सबैमा छ।’

आफू  विगत लामो समयदेखि स्वास्थ्यसम्बन्धी र अन्य व्यवसायमा संलग्न रहेको नाताले प्रकोपको यो घडीमा आम नागरिकलाई सुरक्षित गर्न राष्ट्रले चालेको कदममा सहयोग गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप