बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीले पनि चीनलाई उछिन्यो

शनिबार, १५ चैत २०७६, १८ : ३५
शनिबार, १५ चैत २०७६

कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्यामा इटालीले चीनलाई उछिनेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार इटालीमा कूल संक्रमितको सङ्ख्या ८६ हजार ४९८ पुगेको छ । जबकी चीनमा संक्रमितको कूल सङ्ख्या ८१ हजार ९४६ रहेको छ ।

अहिले अमेरिकामा सर्वाधिक १ लाख ५ हजार संक्रमित रहेका छन् ।

इटालीमा अहिलेसम्म ९ हजार बढीले ज्यान गुमाएका छन् । यो आँकडा विश्वकै कुनै पनि मुलुकमध्ये सबैभन्दा बढी हो । इटालीपछि स्पेनमा ५ हजार १ सय ३८ तथा चीनमा ३ हजार २९५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा यो सङ्ख्या १७ सय करिब रहेको  छ । यसले अमेरिकाको स्वास्थ्य सेवालाई धरासयी बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप