मन्त्री गुरुङको निर्देशनमा गर्भवती महिलाको हवाई उद्धार
काठमाडौं । लकडाउनका कारण मुलुक ठप्प भइरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरि काठमाडौं ल्याइएको छ । गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडांै ल्याएलगत्तै ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ । ५ महिनाकी ती गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो ।
शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडांै रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिइन् ।
उनका अनुसार ती महिलाको पाठेघरमा समस्या देखिएको थियो । शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसक्ने भनेपछि हेलिकप्टरबाट काठमाडौं ल्याई उपचार सुरु गरिएको तामाङका श्रीमान गणेशले बताए ।
स्थानीय स्वास्थ्य केन्द्रले उपचार गर्न नसक्ने भएपछि खोटाङका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्लाअधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा ती महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।
दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश