शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिमी सीमा नाकाबाट भित्रिए १ हजार यात्रु

शनिबार, १५ चैत २०७६, १६ : ४०
शनिबार, १५ चैत २०७६

कञ्चनपुर ।  लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका छन् ।  सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन । 
भारतमा  होटेल, निर्माण सम्बन्धी कार्यलगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् ।

चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो । कोरोना भाइरस जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।

 अवैध रुपमा सीमा नाका प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई हेल्थ डेस्कमा पु¥याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् ।   भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ । सेनासहित नेपाल प्रहरी र  सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको जिकिर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप