आजैदेखि घरघरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही
सरकारले तत्काल नागरिकको घरघरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । आजैदेखि काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको पनि मानन्धरले जानकारी दिए ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।
संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ । उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तिमा उल्लेख छ । साथै संक्रमणको जोखिम न्यूनीकरणका लागि बिहान ८ बजेभित्र फोहर बसिर्जनको ब्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ ।
फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनी समेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।
अव्यवस्थित रुपमा फालिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै ब्यवस्थित रुपमा व्यवस्थापन गरिदि सहरबासीलाई मानन्धरले आग्रह समेत गरेका छन् । घर बाहिर फोहर फाल्नेलाई कारबाही गरिने तयारी समेत गरिएको छ ।
फोहोरका कारण फैलनेसक्ने संक्रमणलाई मध्यनजर गर्दै सदा झै फोहोर विर्सजनका लागि सिसिडोलबासीले गरेको सहजीकरणको प्रशंसा समेत गरिएको छ । मन्त्रालय र सरोकारवाला निकायको पहलमा आजैदेखि सिसडोलमा फोहर बिसर्जन सुरु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधार लगायतका आवाश्यक संरचना व्यवस्थापनको काम समेत यथासिघ्र थालनी गराउने प्रतिवद्धता समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय