बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तारा र यतीका मात्रै आज ५ उडान,  पोखरा र लुक्लाबाट ७५ जना पर्यटकहरुको उद्धार

शनिबार, १५ चैत २०७६, १५ : ३६
शनिबार, १५ चैत २०७६

काठमाडौं– कोभिड-१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एयरलाइन्स र यसको भगिनी संस्था तारा एयरले उनीहरुको उद्धार गरी आज काठमाडौं ल्याएको छ । 

आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्धार गरिएको छ । १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्धार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको छ । मौषमका कारण अहिले लुक्ला एयरपोर्ट बन्द रहेको छ ।

उद्धार हुने पर्यटकहरुमा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन् भने लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिक रहेका छन् । 

काठमाडौं स्थित जर्मनी, अस्ट्रेलियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्धारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एयरलाइन्स र तारा एयरले पर्यटकहरु उद्धारका लागि विमान आफ्ना विमानहरु पठाएको हो ।

यती एयरलाइन्सको ७२ सिट क्षमता भएको ATR-72 9N-AMM  विमान पोखरा पठाइएको थियो भने तारा एयरको १८ सिट क्षमता भएको 9N ALO ट्वीन ओटर विमान लुक्ला पठाइएको थियो । 

लुक्लाको लागि त्रिभुवन विमानस्थलबाट पहिलो उडान विहान ८ बजे  भएको थियो भने दोस्रो १० बजे, तेस्रो ११ र चौथों उडान १२ बजे  भएको थियो । त्यस्तै पोखरामा रहेका पर्यटक लिन यती एयरलाइन्सको विमान १२ बजे प्रस्थान गरेको थियो । 

त्यस्तै, हिजो यती एयरलाइन्स मार्फत् पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । यसका साथै तारा एअरले चैत १३ गते लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकहरुलाई लुक्लाबाट उद्दार गरी काठमाडौं ल्याएको थियो ।

लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एयरलाइन्सले जहाज पठाइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप