बारामा लकडाउन अवज्ञा गर्ने १४ जना प्रहरीको नियन्त्रणमा
बारा । कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् । तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले लकडाउनको प्रभावकारी कार्यान्वयन भैरहेको जानकारी दिए । उनले कोरोनाबाट जोगिन पटक पटक साधुनपानीले हातधुन , गाउँ ÷टोलमा अन्यत्रबाट आएकालाई छुट्टै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गरे । प्रवक्ता मिश्रले लकडाउनको अवज्ञा गर्ने १४ जना र तीनमोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिए ।
जिल्लाको १६ वटा स्थानीय तहमा यतायात तथा बजार पूर्ण रुपमा बन्द रहेका छन् । अति आवश्यक पसल सञ्चालनमा रहेका छन् । कलैया अस्पतालमा रहेको आइसोलेसनमा थप एक जनालाई निगरानीमा राखिएको चिकित्सक बीरेन्द्र मण्डलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुंग्यो, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने