शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुग्यो

शनिबार, १५ चैत २०७६, १४ : २३
शनिबार, १५ चैत २०७६

एजेन्सी । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको  सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन् ।

अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिएका छन् । अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म १ हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । परीक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताएका छन् । 

अफगानिसतानमा कोरोना  भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन उपचारपछि घर फर्किएका छन् ।कोभिड –१९ को रोकथाम गर्न सरकारले राजधानी काबुलमा २१ दिनको कर्फ्यूको आदेश जारी गरेको छ ।  उक्त कर्फ्यू आदेश शनिबारदेखि लागू हुने भएको छ । यस अघि नै अफगानिस्तानको पश्चिमी तीन शहर हेरात, फराह र जरनजमा कर्फ्यू आदेश गरिसकेको छ । –सिन्ह्वा/Photo: AP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप