शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’

शनिबार, १५ चैत २०७६, १२ : ५२
शनिबार, १५ चैत २०७६

बाँकेको नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको  हो । 

विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ । 

उक्त विमानमा सामान्य क्षति पुगेको र प्राविधिक टोलीले मर्मत गरेपछि उडान भर्न सकिने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप