शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनस्वास्थ्य विज्ञहरु भन्छन् : कोरोना जाँच्ने छुट्टै अस्पताल चाहिन्छ

छ्यासमिस गरेर जाँच्दा कोरोनाको संक्रमितले अन्य निरोगीमा रोग सार्ने खतरा बढी
शनिबार, १५ चैत २०७६, ११ : ३१
शनिबार, १५ चैत २०७६

चीनबाट महामारीको रुपमा भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण अहिले विश्वभर फैलिरहेको छ । नेपालमा कोरोना संक्रमित देखिएसँगै यसलाई महामारीको रुपमा फैलन नदिनका लागि सरकारले कोरोना पहिचान र उपचारको लागि कोरोना अस्पताल छुट्टै बनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

सरकारले मंगलबारदेखि एकहप्ताको लागि नेपालभर लकडाउन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पहिचानको लागि देशका २५ स्थानमा ज्वरो क्लिनिक संचालन गरिने भएको छ । सरकारले ज्वरो क्लिनिक जस्तै निश्चित स्थानमा कोरोना पहिचान तथा उपचारको लागि आवश्यक उपकरण जनशक्ति भएको कोरोना अस्पताल सञ्चालनमा ल्याउनु पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्र्व िनर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् । 

हाल मौसमी फ्लुको समय भएकाले रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या भएका बिरामीमा समेत मनोबैज्ञानिक त्रास सृजना भएको छ । कोरोना भाइरस कोडिभ–१९ प्रभावित क्षेत्रबाट आएका मानिसलाई सेल्फ क्वारेन्टाइनमा राखेरमात्रै कोरोना संक्रमण रोकिन नसक्ने उनी बताउँछन् । सरकारले निजी क्षेत्र र सरकारी अस्पतालमा कोरोना भाइरस संक्रमणको लक्षण देखापरेका बिरामीलाई जान निर्देशन दिएपनि व्यवहारमा त्यस्तो नदेखिएको उनको भनाइ छ  ।

‘निजी अस्पतालले ज्वरो, निमनिया, रुघाखोकीका बिरामीलाई जाँच गर्न मान्दैन,’ उनी भन्छन्, ‘ज्वरो, खोकी छाती दुखेका विरामी पनि कोरोनाको आंशकामा टेकुमा मात्रै जान खोज्छन् ।’

कोरोना भाइरसको लक्षणको आशंकामा गएका  बिरामीमा कोरोना भएनभएको पहिचान गर्न र फैलिन नदिनका लागि छुट्टै कोरोना अस्पतालहरु बनाएर उपचार गर्न सरकारले तदारुकता देखाउनुपर्छ ।  स्वास्थ्यमा

असहज परिस्थिति सृजना भए फोनमार्फत् घरबाटै स्वास्थ्यकर्मीसँग परार्मश लिन पाउने व्यवस्था पनि अस्पतालहरुले मिलाइरहेका छन् । 

‘कोरोना संक्रमित अस्पताल पुगेको खण्डमा  अन्जानमा धेरै व्यक्तिलाई सर्न सक्छ । त्यसैले कोरोनाभाइरसको लक्षण देखानपरेका व्यक्तिमा नै पनि त्यसको संक्रमण भएनभएको पत्ता लगाउन जनघनत्व कम भएको स्थानको अस्पताललाई कोरोनाको पहिचान तथा उपचार गराउने कोरोना अस्पतालको रुपमामा उपयोग गर्दै जाँचबुझ गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने’ डाक्टर मरासिनी बताउँछन् ।

कोरोना भाइरस कोभिड (१९)को पहिचान तथा उपचार गर्नका लागि हाललाई अस्पताल नै खडा गर्न सकिने अवस्था नभएको खण्डमा सरकारले कर छली गरेर संचालन भइरहेको उपत्यका तारे होटलहरुलाई पहिचान गरेर तिनलाई नै अस्थायी कोरोना अस्पताल बनाउनुपर्ने’ पनि उनले बताए । 

‘तारे होटल र अस्पतालको निमार्ण शैली प्राय उस्तै हुन्छ,’ उनले भने, ‘ती तारे होटलमा जनशक्ति र उपचारमा चाहिँने उपकरण लागे मात्रै पनि हाललाई कोरोना अस्पताल बनाउन पनि सकिन्छ ।’

सन २०१५ मा सिरिया, लाइवेरिया लगायतका ४ देशमा इवोलाले महामारीको रुप लिँदा अस्पतालबाट डाक्टरहरुको भागाभाग भएको थियो । अन्य बिरामी र इवोला संक्रमितलाई एउटै अस्पतालमा उपचार गर्दा स्थानीय स्वास्थ्यकर्मी भागेका कारण पछि अमेरिका र बेलायतका स्वास्थ्यकर्मी आएर उपचारमा संलग्न भएको समेत उनले सुनाए ।

त्यसैले उपचारमा संम्लग्न स्वास्थ्यकर्मीलाई पिपिईको व्यवस्थासहित तालिम र प्रोत्साहन दिएर कोरोना जाँचपडताल एवं उपचारमा सक्रिय बनाउनुपर्ने उनी बताउँछन् । उनी अगाडि भन्छन्, ‘निजी अस्पताल तथा सरकारी अस्पतालमा रुघाँ, खोकी, ज्वरो श्वासप्रश्वासमा समस्या देखिएपनि उपचार गर्न जनतालाई जाउ भनेर समस्या समाधान हुँदैन,’ डाक्टर मरासिनी भन्छन्, ‘तीमध्ये कसैलाई पनि कोरोनाको संक्रमण छ भने झनै अरुहरुलाई पनि फैलाउने खतरा बढी हुन्छ । त्यसैले निश्चित कोरोना अस्पतालमा कोरोनाको जाँचपडताल गर्ने व्यवस्था मिलाउन सकेमा मात्रै यो महामारी अन्यमा  फैलिने सम्भावना कम हुन्छ ।’ 
महामारी बाजा बजाएर आउँदैन ।।

‘प्राकृतिक विपत्ति निश्चित स्थानमा आउँछ । मानिसद्वारा निर्मित गृहयुद्ध पनि निश्चित स्थानमा मात्रै हुन्छ । कुनै पनि रोगको महामारी फैलाएर वा   पैmलिएर विश्वलाई संन्त्रासमा राख्ने हुुँदा महामारी आउनुभन्दा अगाडि सरकार जुध्न तयार हुनुपर्ने’  बाल कान्ति अस्पतालका पुर्व विशेषज्ञ प्राध्यापक डाक्टर रामनन्दप्रसाद चौधरी बताउँछन् ।

महामारीसँग जुध्नका लागि पूर्व तयारी नभएपनि महामारी आएको बेलामा सचेत भएर छुट्टै अस्पतालको घोषणा गरेर जाँचपड्ताललाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । महामारी आउँदा उपचारमा प्रयोग भएका विश्वका केही अस्पताल पुनः संचालनमा आउन नसकेको   समेत विशेषज्ञ डाक्टर चौधरीले  बताए । त्यसैले देशका विभिन्न भागमा पुर्वाधार र जनशक्ति सहित संचालन गरेर कोरोना भाइरसको लक्षण देखा परेका बिरामीलाई मात्रै छुट्टै जाँचपडतालको व्यवस्था मिलाउनुपर्ने उनी बताउँछन् । निजी अस्पतालले रुघाँ खोकी, ज्वरोका निमोनियाका बिरामीलाई उपचार गर्न नमान्नुको मुख्य कारण पिपिईको अभाव भएर हुन सक्ने उनले बताए । 

कोरोनाको अस्पताल भनेर   नछुटाउँदा अस्पतालमा अन्य रोगका बिरामीमा रोग सर्ने खतरा बढेको उल्लेख गर्दे उनी भन्छन्, ‘जाँच तथा उपचार गर्नका लागि सुरक्षाकवज नभएको कारण समस्या भएको छ ।’ 
‘राजधानीबाहिरबाट ज्वारो आएका बिरामीको नमुना प्रयोगशालासम्म ल्याएर कोरोना भएनभएको पत्ता लगाउन समय लाग्ने’ पनि डा. चौधरीले बताए । ‘सातै प्रदेशमा कोरोना भएनभएको पत्तालगाउने ल्यावको व्यवस्था तुरुन्तै मिलाउनु पर्ने’ आवश्यकता पनि उनी औंल्याउँछन् । 

स्मरण रहोस्, कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि केन्द्रका पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

उपत्यकाबाहिर महाकाली अञ्चल अस्पताल, डडेलधुरा अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल,राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान,राप्ति प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मेची अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अंचल अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेतमा ज्वरो क्लिनिक भनेर छुट्याइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो क्लिनिक संचालन र आवश्यक सामान खरीदका लागि १० लाख बजेट निकासा समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप