बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारी र फलफूलको मूल्य आकासियो

शनिबार, १५ चैत २०७६, ०८ : १०
शनिबार, १५ चैत २०७६

लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । 

यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । 

तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउनको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप