बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट ग्यास आयातमा कमी

शनिबार, १५ चैत २०७६, ०७ : ३३
शनिबार, १५ चैत २०७६

वीरगन्ज – नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ ।

चैत ११ गतेदेखि लकडाउन गरिएको छ । भारत पनि चैत १२ देखि २१ दिनका लागि लकडाउनमा छ । 

यो बेला अत्यावश्यक वस्तु आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका छन् । तर, भारतबाट ग्यास आयातमा कमी आएको छ । 

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका हुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्यास नेपाल भित्रिन्छ । चैत ११ यता भारतबाट दैनिक औसतमा २७ बुलेट ग्यास मात्र भित्रिइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप