शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३८ लाख उपभोक्तालाई विद्युत् महसुलमा २० प्रतिशत छुट

शनिबार, १५ चैत २०७६, ०७ : १९
शनिबार, १५ चैत २०७६

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा धेरैको रोगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थामा ग्राहकलाई राहत दिन समितिले यस्तो निर्णय गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप