शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङका दुई जनामा कोरोनाको संक्रमण देखिएन

शुक्रबार, १४ चैत २०७६, २० : ५५
शुक्रबार, १४ चैत २०७६

दाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई युवामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ ।

भारतको गोलगाँउवाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानवाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले शुक्रवार उनीहरु दुबैजनामा कोरोनाको संक्रमण फेला नपरेको जानकारी दिएका हुन् ।

दुई दिन अगाडि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी उनीहरु दुईजनाको स्बाव लिएर आफैं काठमाडौं गएकी थिइन् । शुक्रवार मात्रै त्यसको रिपोर्ट सार्वजनकि भएको हो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रवार उक्त रिपोर्ट दिएको हो ।

कोरोना भाइरसको आंशका पछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भइ उपचार गराई रहेका उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइने कायममुकायम रजिष्टार देवले जानकारी दिएका छन् । तर उनीहरुलाई घरमा गएपनि क्वारेन्टाइनमा बस्न सल्लाह दिने देवले बताएका छन् । 

प्रतिष्ठानको आईसोलेनमा रहेर उपचाररत थप तीन जना आशंका गरिएका विरामीको रिपोर्ट भने अझैं आइपुगेको छैन । बुटवलवाट आएको चिकित्सकको टोलिले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो । उनीहरु मध्य एकजना घोराहीका र थप दुई जना गढवा गाउँपालिकाका युवाहरु छन् । उनीहरु सबै भारतवाट आएका युवाहरु रहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप