बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर जितेका व्यक्तिको कोरोनबाट मृत्यु, अहिलेसम्म गयो यी सेलिब्रेटीको ज्यान

शुक्रबार, १४ चैत २०७६, १८ : ४०
शुक्रबार, १४ चैत २०७६

पहिले, कोरोना भाइरसले विश्वभर मनोरञ्जनात्मक कार्यक्रम रोकियो, अहिले विश्वलाई मनोरञ्जन दिने स्टारहरुको ज्यान लिँदैछ । 

विश्वभर २४ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यसमध्ये नाम चलेका सेलिब्रेटी यस्ता छन् । 

टेरेन्स म्याकचेल्ली 
१९३८ मा जन्मिएका म्याकनेल्ली नाटककार हुन् । सन् २००१ मा  फोक्सोको क्यान्सर भएपछि दुईपटक उनको शल्यक्रिया गरिएको थियो ।  ‘लिप्स टुगेदर टिथ अपार्ट’, ‘इट्स अन्ली अ प्ले’ लगायत थुप्रै नाटक लेखेका म्याकनेल्लीको गत मंगलबार कोरोना भाइरसको संंक्रमणपछि ८१ वर्षको उमेरमा निधन भयो । 

फ्लोयड कार्डोज
१९६० मा जन्मिएका कार्डोज चर्चित सेफ हुन् । उनले भारत र न्युर्योकमा सफल रुपमा रेस्टुरेन्ट सञ्चालन गरेका थिए । ५१ वर्षको उमेरमा कोरोनाकै कारण उनको निधन भयो । ८ मार्च मुम्बईबाट जर्मनीको फ्रान्कफुर्ट हुँदै उनी न्युर्योक गएका थिए । ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरियो र सातादिनपिछ २५ मार्चमा कोरोना संक्रमणकै कारण निधन भयो । 

मार्क ब्लुम 
अभिनेता ब्लुम ‘क्रोकोडाइल’, ‘डुन्डी’ र ’, ‘डिस्पेरेटली सेकिङ सुसन’ लगायत फिल्ममा गरेको अभिनयका कारण चर्चित छन् । २५ मार्चमा ६९ वर्षको उमेरमा न्युर्योकको प्रिसवाइटेरियन अस्पतालमा उनको निधन भयो । निधन हुनभन्दा एक साताअघि उनमा कोरोना देखिएको पुष्टि भएको थियो । ब्लुमलाई आस्थामा पनि थियो । 

मानु डिबांगो 
ज्याज संगीतकार मानु डिबांगोले अफ्रिकन रिदनलाई फन्कसँग फ्युजन गथ्र्ये । स्याक्सोफोनिस्ट मानुको २४ मार्चमा ८६ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणपछि निधन भयो ।  १९७२ मा सार्वजनिक भएको ‘सोल माकोस्सा’ गीतले क्यामरुनमा जन्मिएका मानुलाई अन्तर्राष्ट्रिय ख्याती दिलाएको थियो । फ्रान्सको पेरिस क्षेत्रमा रहेको अस्पतालमा उनको निधन भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप