शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा २ हजार बढी सवारी साधन प्रहरीको नियन्त्रणमा

शुक्रबार, १४ चैत २०७६, १७ : ५५
शुक्रबार, १४ चैत २०७६

बुटवल । सरकारले घोषणा गरेको लक डाउनयता प्रदेश ५ का १२ जिल्लामध्ये १० जिल्लामा २ हजार भन्दा बढी सवारी साधन प्रहरीको नियन्त्रणमा परेका छन् । प्रदेश ५ प्रहरी कार्यालय दाङ्ख तुल्सीपुका प्रमुख डिआईजी नरबहादुर केसीले दिएको जानकारीअनुसार प्रदेशका दुई जिल्ला पूर्वी रुकुम र रोल्पामा एउटा पनि सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको छैन् । बाँकी १० जिल्लामा  सानाठुला गरि २ हजार १ सय ४० वटा सवारी साधन प्रहरी नियन्त्रणमा परेका छन् । त्यसमध्ये ९ सय ९३ वटालाई छाडिएको छ । नियन्त्रणमा मोटरसाईकल र साना गाडीहरु बढी लिइएका छन् ।  

बढि सवारी साधन दाङ्खको प्रहरीले नियन्त्रणमा लिएको छ । डिआईजी केसी केसीकाअनुसार रुपन्देहीमा ५ सय ३८ सवारी साधन नियन्त्रणमा लिइएकोमा ३ सय ८८ वटा छाडिएका छन् । नवलपरासीमा १ सय २४ सवारी साधन नियन्त्रणमा लिएकोमा ६५ वटा छाडिएको छ । कपिलवस्तुमा २ सय ८८ वटा नियन्त्रणमा लिइएकोमा २ सय २२ वटा छाडिएको छ । दाङमा ७ सय ३३ वटा सवारी साधन नियन्त्रणमा लिइएकोमा १८ वटा मात्रै छाडिएको छ । बाँकेमा ७७ वटा नियन्त्रणमा लिइएकोमा एउटा पनि छाडिएको छैन् । वर्दियामा १ सय १६ वटा नियन्त्रणमा लिइएकोमा ६० वटा छाडिएका छन् ।

पाल्पामा ६८ वटा नियन्त्रणमा लिइएकोमा ५२ वटा छाडिएको छ । गुल्मीमा ४२ वटा नियन्त्रणमा लिइएकोमा जम्मा  ६ वटा मोटरसाईल मात्रै ३५ सय  राजश्व असुल गरेर छाडिएको छ । अर्घाखाँचीमा १२ वटा नियन्त्रणमा लिइएकोमा ८ वटा छाडिएको छ ।
युठानमा  १ सय ६६ नियन्त्रणमा लिइएकोमा १ सय ५७ वटा छाडिएको छ । अर्घाखाँचीले पनि चार वटा सवारी साधनबाट ३५ सय सहित कूल  ७ हजार राजश्व संकलन गरेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप