बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

शुक्रबार, १४ चैत २०७६, १७ : ३३
शुक्रबार, १४ चैत २०७६

लण्डन । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको छ । 

जोनसनले ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् । जसमा उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उल्लेख गरेका छन् ।

 उनी अहिले सेल्फ–आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ । 
बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट ५७८ जनाको मृत्यु भइसकेको छ।  यस्तै १३५ जना निको भएर घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप