बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा पठाएको कोरोना टेस्ट किट गुणस्तरहिन भएपछि चीनले त्यसको अनुसन्धान गर्ने

शुक्रबार, १४ चैत २०७६, १७ : २१
शुक्रबार, १४ चैत २०७६

स्पेनमा पठाइएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भए नभएको जाँच गर्ने किट गुणस्तरहिन भएको भन्दै फिर्ता पठाएपछि चीन सरकारले त्यसको अनुसन्धान गर्ने भएको छ ।

चिनियाँ किटले गरेको परीक्षण बिहीबार स्पेनिस सरकारले विश्वस्नीय नभएको भन्दै स्पेनिस सरकारले ९ हजार थान किट फिर्ता गर्ने जनाएको थियो ।

चीनको सेन्जेन वायोइजी बायोटेक्नोलोजी कम्पनीले निर्माण गरेको किटलाई स्पेनिस सप्लाएर चीनबाट आयात गरेका थिए । तर, जब स्पेनिस अधिकारीहरुले त्यसलाई प्रयोगमा ल्याए, त्यसले आवश्यक गुणस्तर पूरा नगरेको पाइयो ।

स्पेनको स्वास्थय मन्त्रालयका अधिकारी फर्नान्डो सिमोनले दैनिक ब्रिफिङको क्रममा किटका लागि अन्य निर्यातकर्तासँग छलफल भइरहेको बताए ।

सेन्जेन मार्केट सुपरभिजन एडमिनिस्ट्रेसनले शुक्रबार बायोइजीमाथि अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । यता, बायोइजीले भने नासोफ्यारङ्गल स्वाबको स्याम्पललाई कम्पनीको निर्देशनविपरित निकालिएको र हस्तान्तरण गरिएको कारण गलत नतिजा आएको हुनसक्ने जनाएको छ । बायोइजीले यसविषयमा ग्राहकसँग निर्देशनहरु राम्ररी आदनप्रदान नभएको स्वीकार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप