बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको महामारीपछि विश्वविद्यालयसँग शुल्क फिर्ता माग्दै अस्ट्रेलियाका विद्यार्थी

शुक्रबार, १४ चैत २०७६, १६ : २७
शुक्रबार, १४ चैत २०७६

अस्ट्रेलियाका विद्यार्थीहरुले कोरोना भाइरसको महामारीसँगै कलेजलाई बुझाएको शुल्कको ७० प्रतिशत फिर्ता गरिदिन माग गरेका छन् ।

 अनलाइनमार्फत चलाइएको अभियानमा घरेलु तथा अन्तर्राष्ट्रिय विद्यार्थीले पहिलो सेमेस्टरका लागि बुझाइसकेको शुल्क फिर्ता गरिदिन आग्रह गरिएको छ । 

अस्ट्रेलियका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुलाई सामूहिक पेश गर्नेगरी तयार गरिएको अनलाइन ज्ञापनपत्रमा अहिलेसम्म २ हजार ८ सय ७९ जनाले हस्ताक्षर गरिसकेका छन् । ३ हजार हस्ताक्षर पुगेपछि ज्ञापनपत्र बुझाउने तयारी अभियन्ताहरुको छ ।

पार्किङलगायत कलेजले उपलब्ध गराउने सुविधा विश्वविद्यालय बन्द भएसँगै बन्द भएकाले विभिन्न शीर्षकमा बुझाइएको रकम फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग छ । अनलाई र रिमोट टिचिङ कक्षाकोठामा गएर पढे बराबर नहुने पनि उनीहरुले उल्लेख गरको छन् । 

विश्वव्यापी महामारीमा विश्वविद्यालयले आफूसँग रहेको ठूलो रकमबाट विद्यार्थीलाई सहयोग गर्नुपर्ने भन्दै उनीहरुले तत्काल रकम फिर्ता गर्न माग गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप