शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना पुष्टि भएका तेस्रो व्यक्तिसँगै नेपाल आएका युवक ओखलढुंगामा

शुक्रबार, १४ चैत २०७६, १६ : १३
शुक्रबार, १४ चैत २०७६

-रामहरि श्रेष्ठ 

ओखलढुङ्गा । विदेशबाट फर्किएका ओखलढुंगाका चार युवालाई क्वारेन्टाईनमा राखिएको छ । तीमध्ये एकजना नेपालमा कोरोना सक्रमित पुष्टि भएका तेस्रो ब्यक्तिसँगै नेपाल आएका युवा समेत रहेको पाइएको छ । गत चैत्र ६ गते युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ विमानमार्फत नेपाल आएका धादिङका एक युवकलाई यसअघि कोभिड–१९ पोजेटिभ भएको पुष्टि भैसकेको छ । सोही विमानमा उनीसँगै ओखलढुङ्गा आएका मोलुङ गाउँपालिकाका ती युवकलाई गाउँपालिकाले शुक्रबार बिहानबाट क्वारेन्टाईनमा राखेको सोही गाउँपालिका १ का वडावडाध्यक्ष प्रदीपकुमार बानियाँले बताए ।

ती युवकको कागजपत्र हेर्दा उनी चढेको विमान र कोरोना संक्रमिण पुष्टि भएको धादिङका युवा चढेको विमानको नम्बर एउटै छ । उनी भिजिट भिसामा २ महिनाअघि यूएई पुगेर गत चैत्र ६ गते मात्रै नेपाल फर्किएका हुन् । काठमाडौंबाट गत आईतबार मात्रै ओखलढुङ्गा आइपुगेका उनी त्यसयता परिवारसँगै बस्दै आएका थिए । उनलाई हाल गाउँपालिकास्थित रामपुरको सहिद आर्दश क्यापसको क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेदहरी दाहालका अनुसार अहिले ती युवकको अवस्था सामान्य छ । उनीसँगै सोही स्थानको क्वारेन्टाईनमा कतार तथा यूएइबाटै फर्किएका दुई युवकलाई समेत राखिएको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए । उनका परिवारलाई समेत होम क्वारेन्टाईनमा राखिएको बताइएको छ । यसअघि बिहिबार मात्रै कतारबाट फर्किएका एक युवकलाई जिल्ला अस्पताल रुम्जाटारको क्वारेन्टाइनमा राखिएको छ ।  यसअघि नेपालमा फेला परेका दोस्रो संक्रमित युवतीसँग नेपाल आएका ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका दुई युवालाई काठमाडौंमा क्वारेन्टाइनमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप