शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दूरदर्शनले ३३ वर्षपछि रामायण पुनः प्रशारण गर्दै

शुक्रबार, १४ चैत २०७६, १६ : ००
शुक्रबार, १४ चैत २०७६

भारतमा कोरोना भाइरसको संकट गहिरिएको छ र देशभर लकडाउन छ । अहिलेसम्म त्यहाँ ७ सयभन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ । त्यसैले, जनतालाई घरभित्रै बस्नु भनिएको छ । 

यसैबीच केन्द्रीय मन्त्री प्रकाश जावेन्करले जनताकै मागअनुसार दूरदर्शन च्यानलबाट शनिबारदेखि रामायण सिरियल प्रशारण हुने जानकारी दिएका छन् । 

पहिलो एपिसोड भोलि बिहान स्थानीय समयअनुसार ९ बजे (नेपाली समय ९ स् १५) र दोस्रो एपिसोड भोली बेलुकी ९ बजे प्रशारण हुनेछ । दूरदर्शनमा पहिलोपटक रामायणको प्रशारण २५ जनवरी १९८७ मा सुरु भएको थियो र अन्तिम एपिशोट ३१ जुलाई १९८८ मा प्रशारण भएको थियो । 

द कपिल शार्मा शोमा पुगेका थिए कलाकार 
सिरियलमा रामको भूमिका निभाएका अरुण गोविल, सीताको भूमिका निभाएकी दीपिका चखलिया र लक्ष्मणको भूमिका निभाएका सुनिल लहरी भर्खरै ‘द कपिल शर्मा शो’ मा देखिएका थिए । उनीहरुसँगै रामायण सिरियलका निर्देशक तथा निर्माता स्वर्गिय रामानन्द सागरका छोरा प्रेम सागर पनि शोमा उपस्थित थिए ।  उनले आफ्ना बाबुको जीवनबारे लेखिएको पुस्तक र बाबुको जीवन संघर्षबारे बताए । 

‘१९४९मा पापाजीले सबैभन्दा पहिले फिल्म बरसात बनाउनुभएको थियो । एक व्यक्ति जसले भाँडा माझ्ने काम गरे, सडकमा साबु बेचे, पत्रकार बने । उनले एक दिन रामायण सिरियल पनि बनाउनसक्छन् भनेर देखाए,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप