शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिकामा औषधि छर्किँदै

शुक्रबार, १४ चैत २०७६, १५ : ०९
शुक्रबार, १४ चैत २०७६

बुटवल । कोरोना प्रकोप विरुद्धको पूर्वतयारीको कामलाई बुटवल उपमहानगरपालिकाले तिब्र बनाएको छ । योसँगै अहिले उपमहानगरपालिकाले विभिन्न ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किन सुरु गरेको छ ।  शुक्रबार बिहानैदेखि वडा नम्बर ५ को बजारक्षेत्रलाई डिस्इन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु नाशक विशेष औषधि छर्किन सुरु गरिएको र यसलाई सबै वडामा पु‍र्याइने प्रमुख सुवेदी जानकारी दिए । बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान सुरु गरिएको हो ।  त्यस्तै, स्वास्थ्य परीक्षणको कामलाई पनि उपमहानगरपालिका तिब्रता दिएको छ  । यसअघि रुघाखोकी र ज्वरो आएर कोरोनाको आशंका गर्दै उपमहानगरपालिकाका १० वटा स्वास्थ्य संस्था तथा लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका ११३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

त्यस्तै, बुटवलको आइसोलेसन अस्पतालमा ७ जनाको उपचार जारी छ । आइसोलेसनमा भएको परीक्षणमा कोरोना पुष्टि भने नभएको चिकित्सक सुदर्शन थापाले बताए । यसअघि बधबार लुम्बिनी प्रादेशिक अस्पतालसहित उपमहानगरका स्वास्थ्यसंस्थाहरुमा सञ्चालित ज्वरो क्लिनिकमा एकैदिन २१७ जनाको परीक्षण भएको थियो ।  यीमध्ये प्रादेशिक अस्पतालमा १७ जना उपचाररत छन् भने १ जनालाई आशंका लागेर कोरोना बिशेष अस्पतालको आइसोलेसनमा पठाइएको थियो । उनीसहित सबैको उपचार जारी रहेको र अवस्था स्थिर रहेको विशेषज्ञ डा. थापाको भनाइ छ ।  

उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहका अनुसार बुटवलका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालनमा छन् र त्यहाँबाट प्रादेशिक अस्पताल हुँदै जटिल भएमा मात्रै आइसोलेसनमा पठाउने गरिएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप