बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने

शुक्रबार, १४ चैत २०७६, १४ : ५१
शुक्रबार, १४ चैत २०७६

मोरङ । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले  चिन्ता नगर्न आग्रह गरेका छन् ।

अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिए । ‘लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ’, प्रमुख साहले बताए ।

बिहीबार १७ थान (ग्यास बोकेको) बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ । बाँकी दश वटा आज आइपुग्ने, त्यसपछि ग्यास कम्पनी कोशी, रिजाल, मारुती, प्रिमा र सुगमलाई वितरण गर्ने तयारीमा रहेको निगमले जनाएको छ । 

लकडाउनलाई ध्यानमा राखेर निगमले भोलिदेखि प्रत्येक सिलिन्डरमा ७।१ केजी ग्यास वितरण गर्ने नियम बनाएको छ । कोशी ग्यास कम्पनीले आजैदेखि ७।१ केजी भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको निगमका प्रमुख साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप