बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरी ग्रुपले पठाएको  सामग्री अस्पताललाई बुझाएका छौं: जिप्रका, पाल्पा

शुक्रबार, १४ चैत २०७६, १४ : ३५
शुक्रबार, १४ चैत २०७६

बुटवल । चौधरी ग्रुपले पठाएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई बुझाएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । ‘सामाजिक सञ्जालमा आएको हल्लाका पछाडी हामी लाग्दैनौं, पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने, ‘चौधरी ग्रुपले पठाएको सामाग्री लुटियो भन्ने हल्ला मात्र हो ।’

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञप्रसाद पन्थीले भने– ‘चौधरी ग्रुपबाट प्रशासनलाई पठाएको कोरानाको उपचार्थ डाक्टरले लगाउने ५ थान मात्रै पिपिई सेट हो । जुन हामीले जिल्ला अस्पतालका डाक्टर पुष्प ज्ञवालीलाई बुझाएका छौं ।’

सामाजिक सञ्जालमा चौधरी ग्रुपले पठाएको सामग्री दुरुपयोग भयो भन्ने हल्ला छ नि भन्ने प्रश्नमा पन्थीले भने, ‘त्यो त मैले पनि सुनेको छु, तर प्रशासनबाट भएको छैन्, अन्य कहाँबाट भयो हामीलाई थाह छैन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप