मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनभाइरसबारे ट्रम्प र सीबीच टेलिफोन वार्ता

शुक्रबार, १४ चैत २०७६, १२ : ३२
शुक्रबार, १४ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोनाभाइरसको महामारीबारे शुक्रबार टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् ।

‘चीनले यस महामारीबारे धेरै भोगेको छ र यस भाइरसबारे धेरै जानकारी प्राप्त गरेको छ,’ ट्वीटरमा लेख्दै ट्रम्पले भनेका छन्, ‘हामी निकै नजिक रहेर काम गरिरहेका छौँ ।’

चीनको राष्ट्रिय टेलिभिजनले पनि दुई राष्ट्र प्रमुखबीच टेलिफोन वार्ता भएको जनाए पनि छलफलको बारेमा विस्तृत जानकारी दिएको छैन ।

यतिबेला अमेरिकामा कोरोनाभाइरसका सबैभन्दा धेरै संक्रमित रहेका छन् । यस महामहामारीबाट २४ हजारबढीले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप