शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इटाली र स्पेनका स्वास्थ्यकर्मीहरुको आवाजः हामीलाई एक्लै नछोड

शुक्रबार, १४ चैत २०७६, १२ : ०२
शुक्रबार, १४ चैत २०७६

एजेन्सी । स्पेनमा ६ हजार ५ सय स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उक्त संख्या स्पेनमा सो भाइरसबाट संक्रमित हुने कूल संख्याको १४ प्रतिशत हो । कोरोना भाइरस संक्रमणका कारण ३ जना डाक्टरको मृत्यु भैसकेको छ ।

त्यस्तै, इटालीमा ७ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ३७ जनाको मृत्यु भैसकेको छ । यी दुवै देशमा स्वास्थ्यकर्मीहरुले सरकारसँग सुरक्षा उपकरणको माग गरिरहेका छन् । डाक्टरहरुले सरकार र आम नागरिकसँग आफुहरुलाई एक्लै नछोड्न आग्रह गरिरहेका छन ।

उनीहरुले आफुहरुलाई सहयोग गरे मात्र आमनागरिकहरुको सुरक्षा हुने बताइरहेका छन् । विश्व स्वास्थ्य संगठनले यी देशमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा संक्रमण हुने चेतावनी दिँदै आएको छ । यदि ठुलो संख्यामा डाक्टर र नर्सहरु  संक्रमित भएमा मर्नेहरुको संख्या समेत अत्याधिक बढ्ने चेतावनी दिइएको छ ।

यी दुई देशमा स्वास्थ्यकर्मीहरुको अवस्था यति नाजुक हुँदै गएको छ कि उनीहरुका लागि कुनै सुरक्षित सुट र मास्क समेत उपलव्ध हुन छाडेको छ । धेरै स्वास्थ्यकर्मीहरुले घरमा प्लाष्टिकका सुटहरु प्रयोग गरिरहेका छन् ।  

इटालीमा ८० हजार ५ सय ८९ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ भने मर्नेको संख्या ८ हजार २ सय पुगेको छ । स्पेनमा ५७ हजार ७ सय ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने  ४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप