शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

शुक्रबार, १४ चैत २०७६, ०९ : ०५
शुक्रबार, १४ चैत २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले  हिजो राति अस्पताल भर्ना गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उनका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिएको पनि उनले उल्लेख गरेका छन्  ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनपछि बालुवाटार फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप