‘सरकारले कडा कदम नउठाए करोडौंको मृत्यु हुनसक्छ’
शुक्रबार, १४ चैत २०७६, ०७ : १६
यदि संसारभरीका सरकारले कोरोनासँग जुध्नका लागि सही समयमा सही कदम उठाउन असफल रहे करोडौं व्यक्तिको मृत्यु हुनसक्छ ।
यो निष्कर्ष संसारमा कोरोना महामारीको असरको अध्ययन गर्न जुटेका एक बेलायती समूहले निकालेका छन् । वैज्ञानिकले भने, ‘यदि तुरुन्तै कडा कदम उठाइए करोडौंको मृत्यु रोक्न सकिन्छ, नभए यो असम्भव छ ।’
लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकले आफ्नो एक अध्ययनमा संसारभरीका सरकारले तत्काल कडा कदम उठाए लगभग तीन करोड जनताको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।
वैज्ञानिकले खराब स्वास्थ्य सुविधा भएका विकासशील देशमा यो खतरा २५ गुणा बढी हुनसक्ने अनुमान गरेका छन् । यद्यपि, उनीहरुले यो आफ्नो मोटो आँकलन भएकोसमेत जानकारी दिएका छन् ।