कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख नाघ्यो
एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ । बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २३ हजार ७९ पुगेको छ भने चौबिस घण्टामा ३९ हजार ६ सय ७८ जना नयाँ संक्रमितहरु थपिएका छन्, सोही अवधिमा (चौबिस घण्टा) विश्वमा १८ सय १ जनाको सो भाइरस संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने १८०१ मा इटाली र स्पेनका मात्र १२ सय १० जना रहेका छन् ।
इटालीमा बिहीबार मात्र ७ सय १२ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ सय ४ सय ९८ जनाको ज्यान गएको छ । त्यस्तै इरानमा १३७ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७३ जनाको मृत्यु भएको छ । जर्मनी र नेदरल्यान्डसमा क्रमसः ३३ र ७८ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ पुगेको छ भने स्पेनमा ४ हजार १ सय ४५ पुगेको छ ।
विश्वमा उक्त भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक नै इटाली र स्पेन देखिएका छन् । यी दुई मुलुकमा महामारी नियन्त्रण बाहिर जाने संकेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।चीनको उहानबाट सुरु भएको यो महामारी विश्वका करिब २ सय देशमा फैलिसकेको छ । चीनमै भने महामारी नियन्त्रणमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता