बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको आंशकामा राप्ती प्रतिष्ठानमा पाँच जना आइसोलेसनमा

उपकुलपति बिरामीको स्वाव बोकेर आफै हिडेन् काठमाडौं
बिहीबार, १३ चैत २०७६, २२ : १९
बिहीबार, १३ चैत २०७६

घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको आंशकामा हालसम्म पाँच जना विरामिलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । नमूना लैजान एम्वुलेन्सले नमानेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा. संगीता भण्डारी आइसोलेसनमा भर्ना भएका बिरामीको आफै स्वाब लिएर काठमाडौं हिडेकी छन् ।

 जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का व्यक्तिको नमुना संकलन गरि उनी एकाविहानै काठमाडौं हिडेको प्रतिष्ठानका रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका हुन् । 

प्रतिष्ठानका डिन डा. बसन्त लामिछानेले प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्शहरुले अहिलेसम्म ब्यक्तीगत सुरक्षाका लागि पिपिइ, पञ्जा, मास्क नपाएको गुनासो गरे । उनले अस्पतालमा खटिने चिकित्क, नर्शहरु सर्जिकल मास्क लगाएर विरामिको उपचार गर्न वाध्य भएको बताए । 

डिन लामिछाने, ‘सर्जिकल मास्कले कति दिने हुने हो, सरकारले चिकित्सक, नर्शका लागि कुनै ब्यक्तिगत सुरक्षाका सामग्रीहरु दिएको छैन, संघीय, प्रदेश र स्थानीय तहले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई ब्यत्तिगत सुरक्षाको सामग्री दिएका छन् ।'
उनले अगाडि थपे, 'प्रतिष्ठानका चिकित्सक, नर्शहरुले केही पनि पाउदैनन, यस्तो मनोवलले कसरी काम हुन्छ, अनि के को लागि विभेद हो हामीले पनि बुझ्न सकेका छैनाँै । बिरामीहरु सम्पर्कमा आइरहेका छन्, तर, किट पनि हामिसंग छैन, स्वाव लगेर जान कसैले मान्दैनन्, कम्तिमा राज्यका निकायहरुले उचित प्रवन्ध मिलाउने पर्ने होइनर ।’ 


नमूना लिएर जान कसेले नमानेपछि आफै काठमाडौं हिडेको उपकुलपति भण्डारीले बताइन् । ‘नमूना लिएर जान कोही मान्दैनन्। एम्बुलेन्स पनि मान्दैनन्। अरू केही व्यवस्था छैन,’ उपकुलपति भण्डारीले भनिन्, ‘त्यसैले म आफैं बिहान नमूना लिएर काठमाडौं हिडँे।’

उनले प्रदेशमन्त्री सुदर्शन बराल, घोराहीका मेयर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतलाई संकलित नमूना काठमाडौं पठाउने प्रबन्ध मिलाउन आग्रह गरे पनि कुनै उपाय नलागेपछि आफैं जान लागेको बताइन्।

यसबीच अन्य केही व्यक्तिले कोरोना परीक्षण निम्ति प्रतिष्ठानमा सम्पर्क गरेका छन्। 

पाँच जनाभन्दा बढीलाई राख्ने ठाउँको अभावमा फर्काउनुपरेको प्रतिष्ठान प्रशासनले जनाएको छ । संकलिन नमुना काठमाडौं लैजान कसैले नमान्नु तथा कुनैपनि व्यवस्था नभएका कारण आफै लिएर हिडेको उपकुलपति भण्डारीको भनाइ छ । 

त्यो भन्दा पहिले नै प्रतिष्ठानको आइसोलेनमा राखिएका घोराहीका एक युवक र गढवा गाउँपालिकाका दुई युवकको बुटवलवाट आएको चिकित्सकको टोलीले स्वाव संकलन गरेर लगेको थियो । 
तर हालसम्म पनि उनीहरुको रिपोर्ट आइपुगेको छैन । घोराहीका युवालाई अघिल्लो हप्ताको शुक्रवार नै ज्वरो, रुघा जस्ता लक्षणहरु देखिएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार हुँदै आएको छ । दुई हप्ता पुग्नै लाग्दा समेत रिपोर्ट नआएपछि विरामी तथा आफन्त प्रतिष्ठान प्रति असन्तुष्ट बनेका छन् ।

भारतवाट आएका दाङको गढवा गाउँपालिकाका एक व्यक्तिलाई बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको छ । दाङको गढवा गाउँपालिका नेपाल भारतको सीमाना नाका हो ।

यसैबीच प्रतिष्ठानका कायम मुकायम रजिष्टार डा कैलाश देवले विहीवारदेखि प्रतिष्ठानले विरामी, तीनका कुरुवा र कर्मचारीलाई खानाको व्यवस्थापन गर्न लागेको जानकारी दिएका छन् ।

सरकारले आह्वान गरेको ‘लक डाउन’का कारण होटेलहरु बन्द हुँदा चिकित्सक, विरामी र कुरुवालाई खाना समस्या एको हुँदा विहीवारदेखि प्रतिष्ठानले त्यसको व्यवस्थापन गर्न लागेको देवले बताए । 

यसअघि नै आइसोलेसनमा राखेर उपचार भइरहेका तीन जना बिरामीको भने अझै परीक्षण रिपोर्ट आएको छैन। चैत ९ गते बुटवलका चिकित्सक आएर उनीहरूको नमूना संकलन गरेर लगेका थिए। उनीहरू सबै भारतबाट आएको प्रतिष्ठान प्रशासनले जनाएको छ।

उपकुलपति डा. भण्डारीले लामो समय हुँदा पनि संकलित स्वावको रिपोर्ट नआएपछि आफन्त र बिरामीले गाली गर्न थालेको गुनासो पोखिन् ।

प्रतिष्ठानमा बिरामीको स्वाव नमूना संकलन गर्दा चिकित्सकले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिई लगायत उपकरण आवश्यक मात्रामा उपलब्ध नरहेको चिकित्सकहरूले बताएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप