बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द

बिहीबार, १३ चैत २०७६, २२ : ११
बिहीबार, १३ चैत २०७६

दाङ । कोभिड–१९ सङ्क्रमणको जोखिमबाट जोगिनका लागि  दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरि दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएका हुन् । 

‘लक डाउन’को समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड–१९ सर्न सक्ने भन्दै पत्रिका बन्द गरिएको सबै पत्रिकाका प्रकाशकले जानकारी गराएका छन् । यहाँ अहिले सात दैनिक पत्रिका प्रकाशित छन्, भने एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका छन् । अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप